इटहरी / इटहरी उपमहानगरपालिकाको वडा ३ को प्रगति टोलवासीहरुलाई वर्षा लागेपछि वस्तीमा बाढी पस्ने चिन्ताले सताउने गरेको छ ।अघिल्लो वर्ष साउनमा आएको बाढीले वस्तीका केही घरहरु वगाएको प्रगति टोलबासीलाई बाढी पस्ने चिन्ताले सताउन थालेको हो । गत वर्ष साउन २७ गते राती आएको बाढीले वस्तीका केही घरहरु वगाएको बस्तीमा बुढी र सेरा खोला पसेको तितो अनुभव संगालेका प्रगति टोलवासी आफुहरुको वस्ती सुरक्षाका लागि उपमहानगरपालिकाले ध्यान नदिएको गुनासो गर्दछन । टापुका रुपमा रहेको प्रगति टोलको उत्तर तर्फबाट वुढी खोला बग्छ भने दक्षिण तर्फबाट सेरा खोला बग्ने गरेको छ । बर्षायाममा पहाडि क्षेत्र हुदै उर्लेर आउने वुढी र सेरा खोलाले वस्तीलाई जोखिममा पार्ने गरेको स्थानीय आशबहादुर धिमाल वताउछन । खोलाको कटान र डुवानका कारण पिडित वन्दै आएका उनीहरु स्थानीय सरकार आयो आयो भन्दा भन्दै कहाँ आयो भने जस्तो भएको भन्दै नगरपालिकाले कटान नियन्त्रणमा सहयोग नगरेको दुखेसो पोख्दछन ।

खयद्द स् ५५ परिवारको वसोवास रहेको प्रगति टोलवासीले स्थानीय सरकारसंग कटान नियन्त्रणको लागि पटकपटक आग्रह गरेपछि उपमहानगरपालिकाले तारजाली र ढुगां दिने भने पनि तारजाली मात्र दिएको समेत उनीहरुले गुनासो गरे । टापुको रुपमा रहेको प्रगति टोलवासीलाई रातको समयमा बाढी पस्ने त्रासले समेत सताउने गरेको छ । रातको समयमा बाढी पस्ने डर लाग्ने गरेको स्थानीय मानबहादुर खडका वताउछन ।

खयघ स् इटहरी ३ का वडाध्यक्ष बालकृष्ण विष्ट प्रगति टोल क्षेत्रको ६ किलो मिटर क्षेत्र सेरा र वुढी खोलाको किनारामा भएका कारण जोखिममा रहेकाले उपमहानगरपालिकासंग कटान नियन्त्रणका लागि माग गर्दा तारजाली र ढुँगा उपलब्ध गराउने भनिएपनि तारजाली मात्र दिएर उपमहानगरपालिकाले ढुंगा उपलव्ध नगराएको गुनासो गरे ।रातको समयमा बाढी पसे भाग्ने ठाँउ समेत नहुने भन्दै उनीहरु चिन्तीत वन्दै आएका छन । वर्षायाम लागि सक्दा समेत कटान नियन्त्रणका काम हुन नसक्दा वस्ती भने जोखिममा पर्ने खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया