बिनय प्रधान
धरान । डा. गोविन्द केसीको समर्थन जनाउदै विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण रेजिमेन्ट चिकित्सकहरु धर्नामा बसेका छन् । डा केसीले उठाउनु भएको मागहरुको सम्वोधन गर्नुको सट्टा नेपाल सरकारले केसीकै खिल्ली उडाएको भन्दै प्रतिष्ठानको ओपिडि सेवा समेत ठप्प पारेका छन् । मुठ्ठीभर मानिसहरुको अभिष्ट पूरा गर्न तिर सरकार लागेको भन्दै आरोप लगाएका छन् । डा केसीले उठाएको शान्तिपूर्ण मागहरु प्रति सरकार उदासीन रहेको उनिहरुको आरोप छ ।नेपाल मेडिकल एसोसिएसनले जारि गरेको विज्ञप्ती प्रति उनिहरुले समर्थन जनाउंदै भोलि देखी सम्पूर्ण रेजिमेन्ट चिकित्सकहरु आकस्मीक बाहेकका अन्य सेवाहरुमा संलग्न नहुने उनिहरुले बताएका छन् ।
धर्नाका कारण आपिडि सेवा बन्द भएपछि बिरामीहरु भने मारमा परेका छन् । नजिक तथा टाढाबाट आएका बिरामीहरु ओपिडि सेवा नपाएपछि आकस्मीक कक्षमै गएर उपचार गराउन बाध्य भएका छन भने कतिपय बिरामीहरु आफुलाई बन्दभएको थाहा नभएपछि उपचार नै नगरी फर्किएका छन् ।

तपाईको प्रतिक्रिया