इटहरी, साउन । छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिसाबाट पिडित भएकी छिन् ।दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुदै अहिले माईतमा बस्न बाध्य भएकी हुन् । साहले २० वर्षको उमेरमा २०७२ मा रामधुनी ३पिप्राहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन । विवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरिन् । दुई बर्षदेखि दुहबी माईतीमा बस्दै आएको र घर फिर्ता आउन श्रीमानले १० लाख माग गरेको बताइन ।

पत्रकार सम्मेलनमा आफु पिडित भएर पनि संम्बन्धित निकायले न्याय र चासो नदिएको साहले पत्रकार सम्मेलनमा बताइन । दुई बर्षको छोरी सहित पत्रकार सम्मेलनमा उपस्थिति भएकी साहले आफु अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि सुनुवाई नभएको उनले जानकारी दिइन ।आँफु छोरी जन्माएकै कारण श्रीमान र घरपरिवारबाट अलग भएको दुखेसो गरिन । उनले श्रीमान सहित ससुरा ललित साह, सासु छिनादेवी साहले घरबाट निकालेको र फिर्ता आउदा १० लाख ल्याउन पटक पटक दबाब दिएको उनले बताइन । साहको श्रीमानकै घरमा बस्न पाउनु पर्ने माग छ ।

तपाईको प्रतिक्रिया