इटहरी/ उच्च शिक्षा अन्र्तगत विभिन्न विषयहरुको पठनपाठन गराउदै आएको सुनसरीको इटहरीमा रहेको ग्रिनपिस नुमना कलेजले विद्यार्थीहरुका लागि ओरेन्टेसन कार्यक्रम आयोजना गरेको छ ।

व्यवस्थापन ,साइन्स, समाजिक कार्य तथा आमसंचार विषयको पठनपाठन गराउदै आएको नमुना कलेजले यही शैक्षिक सत्र देखि उच्च माध्यमिक तहमा कम्प्युटर साइन्स,व्यवस्थापन, साइन्स र शिक्षा संकाय सञ्चालनमा ल्याएपछि ओरेन्टेसन आयोजना गरेको हो ।

स्नातक तहमा आम संचार, सामाजिक कार्य विविए र एमविए विषयमा अध्यापन गराउँदै आइरहेको नमुना कलेजले उच्च माध्यमीक तहमा विभिन्न विषयहरुको पठनपाठन गराउन थालेपछि आफनो कलेजका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउन ओरेन्टेसन आयोजना गरेको वताइयो । नयाँ विद्यार्थीहरुलाई कलेजको अनुशान नियम आदीका विषयमा जानकारी गराउन कक्ष सञ्चालनको पुर्व सन्धयामा ओरेन्टेसन गरिएको कलेजका प्राचार्य धर्म न्यौपानेले वताए । बिद्यार्थीहरुलाई अनुसासित भइ लक्ष्य प्राप्तिको लागि अगाडी बढ्न समेत उनले आग्रह गरे । ओरेन्टेसनमा इटहरी उपमहानगरपालीका शिक्षा शाखा अधिकृत सेमन्त गौतम , ग्रिनपिस फाउण्डेशनका अध्यक्ष केशव खडका , चिरञ्जीवी तिमल्सीना लगायतले शिक्षाको महत्वका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया