सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७५ । ७६का संघिय सरकार र प्रादेसिक सरकारको अनुदान र स्थानीय कोष सहित गरी ६८ करोड ४९ लाख २७ हजार बजेट विनियजन गरेको जानकारी दिएको छ ।
बराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७५ । ७६ को बजेट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बजेटका विषयमा नगर प्रमुख निलम खनालले बजेटका विषयमा जानकारी गराएका हुन ।
नगरपालिकाले आन्तरिक आय ३ करोड ७७ लाख १५ हजार , वित्तीय समानीकरण संघिय सरकारबाट १९ करोड २१ लाख , राजस्व वाँडफाँड १२ करोड ७७ लाख १६ हजार ,प्रदेस सरकारबाट सवारी तथा अन्य कर १ करोड ४लाख ५० हजार , राजस्व वाँडफाड प्रदेस सरकारबाट ४६ लाख ४६ हजार ,आव ७४।७५को मौज्दात ४ करोड ,संघिय सरकारबाट सशर्त अनुदान २६ करोड २३ र प्रदेस सरकारबाट सशर्त अनुदान एक करोड गरी कुल ६८ करोड ४९ लाख २७ हजार आर्य अनुमान गरिएको छ ।
त्यसै गरी खर्च तर्फ प्रशासनीक खर्च १२ करोड २१ लख ११ हजार , समपुरक कोष १ करोड ८० लाख वडा कार्यालयहरुलाई ७ करोड ९२ लाख ,पुँजीगत खर्च नगरपालिका तर्फ १९ करोड ३३ लाख १६ हजार पुँजीगत संघिय सरकारको सशर्त २६ करोड २३ लाख र पुँजीगत प्रदेस सरकारबाट सर्शत अनुदान एक करोड हुने पत्रकार सम्मेलनमा नगरप्रमुख खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । विकास निर्माणलाई प्राथमिकतामा राखिएको वजेटमा सडक निर्माणका लागि ४६ करोड ६लाख ५० हजार त्यसै गरी पर्यटन प्रवद्धनका क्षेत्रमा १२ करोड विनियोजन गरेको समेत जानकारी गराइयो । बजेटमा निजी क्षेत्रको मुनाफा आर्जन गर्ने उद्योग बाणिज्य संघको भवन निर्माण र धरहरा कृषि सहकारी संस्था लिमिटेडलाई समेत समेटिएको छ । बराहक्षेत्र पुर्वको एक महत्वपुर्ण पर्यटकीय क्षेत्र समेत हो । धार्मिक पर्यटक क्षेत्रहरु बराहक्षेत्र , प्राचिनहरिद्धार, सुर्य कुण्ढ ,जल पर्यटन लगायतका पर्यटन क्षेत्रको विकासका क्षेत्रलाई बजेटमा उच्च प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया