सुनसरी । तरकारी किन्न हाटबजारमा जानेहरु पैसा लिएर जाने गर्दछन तर लाखौंको समान किन्न हामीसंग आउनेहरु पैसा नबोकी आउने गर्दछन अब भन्नु हाम्रो व्यापार व्यवसाय कसरी चल्छ । यो दुखेसो युक्त भनाई कुनै एक व्यक्तिको नभएर इटहरी क्षेत्रका हार्डबेयर ,प्लाई तथा सेनेटरी व्यवसायीहरुको साझा गुनासो हो । उधारोमा निर्माण सामाग्रीहरुको विक्री गर्नु परिरहेको तर्फ संकेत गर्दै व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरेर उद्यारो दिनुको पिढा सुनाएका हुन । केही समय अघि इटहरीका व्यवसायीहरुले गठन गरेको हार्डवेयर, प्लाई तथा सेनेटरी संघ इटहरीले उधारो कारोकारलाई सुरक्षित बनाउ पिडीसी चेक खरिदकर्ताबाट लिने तथा सिमेन्ट ,रड ,टाली ढुवानी शुल्क लिने निणर्य समेत गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएयो । पत्रकार सम्मेलनमा संघले गरेको निणर्यका विषयमा संघका अध्यक्ष भोलानाथ निरौलाले व्यवसायलाई टिकाउन साथै आफना उपभोक्ताहरुको सहजताका लागि ढुवानी सेवा विक्रेताले नै दिने व्यवस्था मिलाएको वताए । त्यसै गरी ग्राहकले छड ,सिमेन्ट जस्ता सामाग्रीहरुका लागि अग्रीम रकम जम्मा गरेको खण्डमा ग्राहकले रकम जम्मा गरेको दिनकै दरले सामान उपलव्ध गराउने निणर्य समेत संघले गरेको अध्यक्ष निरौलाले जानकारी दिए । पत्रकार सम्मेलनमा व्यावसायीहरु संगठीत हुन नसक्दा व्यवसायीहरुका साथै उपभोक्ताहरुले समेत समयसमयमा विभिन्न खाले कठीनाइ वेहोर्नु परेको समेत जानकारी गराइयो । संचारकर्मीहरुको प्रश्नको जवाफ संघका सचिव तारा कटुवाल ,कोषाध्यक्ष मुक्ती दाहाल लगायतले समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया