गोपाल पोखरेल
विराटनगर । विराटनगर १ पोखरीयामा निजी स्तरबाट संञ्चालीत समता स्कुलका शिक्षकहरुले तलब नदिएको भन्दै तालाबन्दी आज तालाबन्दी गरेका छन ।
स्कुलले विगत ८ महिना देखि तलब नदिएको आक्रोसमा
त्याँहा पढाउदै आएका २० जना शिक्षकले स्कुलमा तालाबन्दी गरिएको शिक्षकको भनाई छ । उनिहरुले सम्पुर्ण शिक्षकहरुको जम्मा ८ लाख तलब भुक्तानी नभए आन्दोलन जारी राख्ने चेतावनी दिए ।
तलव नपाएका शिक्षकहरुले विद्यार्थीको भविष्य संग मतलबै नगरी ताला लगाउदा विद्यार्थीको पढाई प्रभावीत भएको छ । तर विद्यालयका प्रधानाध्यपक बिकास गुरुङले शिक्षकहरुको समस्या चाडो समाधान गर्ने बताए ।

तपाईको प्रतिक्रिया