इटहरी । पुर्वको प्रमुख शहर इटहरीमा पहिलो पटक फुटसल खेल सञ्चालनमा ल्याएको ट्रफ स्पोर्टस बारले विश्व कप फुटवल प्रतियोगिता अन्र्तगतका खेलहरु हेर्न आउने आफना नियमित दर्सक हरुलाई उपहार वितरण गरेको छ । एसडी फुडसल तथा ट्रफ स्पोर्टस बारले विश्वकप फुटबल हेर्ने व्यवस्था मिलाएको थियो । जस अन्तरगर्त नियमित खेल हेर्न आउने दुई जनालाई उपहार वितरण गरेको हो ।इटहरी चोक भन्दा दुई किलोमिटर दक्षिणमा रहेको एसडी फुलसल तथा ट्रफ स्पोर्टस बारमा विश्व कप फुटवल अन्र्तगत सवै खेलहरु विभिन्न परिकार खादै प्रोजेक्टरबाट ठुलो साइजमा देखाउने व्यावस्था मिलाइएको थियो । सोही अन्र्तगत नियमित खेल हेर्न आउने दर्सकहरु मध्येबाट दुई जनालाई उपहार प्रदान गरिएको फुटसल सञ्चालक विष्णु रिजालले जानकारी दिए । फुटबल हेर्न आउनेहरु मध्ये रोशन सुब्बा र कृष्ण न्यौपानेलाई उपहार प्रदान गरिएको हो । एसडी फुलसल तथा ट्रफ स्पोर्टस बारमा पारिवारीक वातावरणमा फुटवलको मज्जा लिदै विभिन्न देशमा परिकारको स्वाद लिन सक्ने व्यवस्था मिलाएको थियो । एक करोड बढीको लगानीमा सञ्चालन गरिदै आएको ट्रफ स्पोर्टस बारमा विश्वका सबै खेलहरु एचडी क्वालीटीमा देखाइएको थियो । खेलकुद मैत्री बारमा विश्वकप फुटवल प्रतियोगिता एचडी क्वालीटीमा प्रोजेक्टरबाट प्रत्यक्ष हेर्न सक्ने व्यवस्था मिलाएको मात्र हैन आगामी दिनमा अन्य खेलकुदका ठुला प्रतियोगिताहरु समेत यसरी नै प्रोजेक्टरबाट देखाउने व्यवस्था मिलाउने समेत जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया