धरान/ धरान १४ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री नगर बनाउने अभियानका साथ धरान–१४ लाई दोस्रो बालमैत्री वडा घोषणा गरिएको हो । यसअघि धरान–१३ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले वालमैत्री वडा घोषित गरेका छन ।
वालमैत्री वडा घोषित गरिएकोमा सबै भन्दा बढी वालवालिका खुसि भएका थिए । उनीहरुले वालमैत्री सम्बन्धीका कविता समेत सुनाएका थिए ।
धरान उपमहानगरले बालमैत्री घोषणा भएसँगै एकलाख २५ हजार प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको छ । कार्यबाहक धरान नगरप्रमुख मञ्जुभण्डारी सुबेदीले उक्त पुरस्कार घोषणा गरेकि छिन ।
वडाको जनसंख्या, भौगोलिक बनावटलगायत विस्तृत प्रतिवेदन वडाध्यक्ष कृष्णप्रसाद भटराईले प्रस्तुत गरेका थिए ।
उनँका अनुसार वालमैत्री वडा बन्नको लागि सरकारले तोकेको ३९ वडा सुचकहरु पुरा गर्नुपर्ने प्रावधान छ । वालअधिकारका पाँच क्षेत्र बालबचाउ, बालसंरक्षण, वालविकास र वालसहभागीता तथा संस्थागत क्षेत्रका गरी ३९ सुचकहरु मध्ये ३५ वटामा सतप्रतिशत ४ वटामा ८० प्रतिशत भन्दा पुरा गरेको समेत प्रतिवेदनमा उल्लेख गरेका छन । ।

तपाईको प्रतिक्रिया