इटहरी / गत वर्ष बुढी खोलामा आएको विनासकारी बाढीले भत्काएको तटबन्ध स्थानीय आफैले धमाधम निर्माण गरीरहेको छन ।अघिल्लो बर्ष यसै स्थानको तटबन्धनको लागी २० लाख रुपैया खर्च भएको थियो । उक्त तटबन्धन गुणस्तरीय नभएकाले फेरी बाढीले भत्काएको थियो । बाढीले नदीको दुवैतिरका संरचनाहरु भत्काएको करिब १ वर्षपछि तटबन्ध निर्माण कार्य स्थानियको पहलमा सुरु भएको हो । स्थानीयले पटक पटक इटहरी उपमहानगरलाई आग्रह गर्दा बल्ल तारजाली र ढुङ्गा प्रदान गरेको स्थानीय  सारदा श्रेष्ठले बताइन । जनप्रतिनीहरुले वेवस्था गरेको स्थानीय महिलाले गुनासो गरेका छन । स्थानीय ले आफै जनशक्ती तटबन्ध निमार्णमा लागेपनी तारजाली र ढुङ्गा अभाव भएको वाढी पिडीत प्रमोद कुमार सिंह बताउछन । गत वर्ष आएको वाढीको कारण स्थानीय अझै त्रसीत रहेका छन । तर इटहरी उपमहानगरपालीकाले चासो नदेखाएका स्थानीय बताउछन । वाढी पिडीतहरु इटहरी उपमहागरपालीकाले चासो नदेखाएपछी आफै तटबन्ध निमार्णमा लागेको स्थानीय हिरा आचार्य बताउछन ।

तर यता बर्षा सुरु भएपछी वाढी पिडीतहरु दिनहु उपमहानगरपालीका धाउन थालेपछी उपमहानगरपालीले केही काम भने सुरु गरेको देखीन्छ । इटहरी उपमहानगरकाको नगर स्तरीय विपत व्यवस्थापन समितीका सदस्य सचिव पुस्प नारायण चौधरीले स्पर हरु निमार्ण कार्य भइरहेको र त्यसमा तारजाली र ढुङ्गा इटहरी उपमहानगरले प्रदान गरेको बताएका छन । स्थानीय निकायले इटहरीको वुढी खोला , सेरा खोलामा तटवन्ध निमार्ण नगरे गत वर्ष जस्तै इटहरीमा प्राकृतीक विपत आउने सम्धावना रहको छ । गत साउन महिनामा गएको बाढीले ९ जनाको ज्यान गएको र बुढी खोला आसपासको संरचनालाई भत्काएको थियो ।

तपाईको प्रतिक्रिया