इटहरी । इटहरीमा रहेर साहितित्क क्षेत्रमा कलम चलाउदै आएका कवि बद्री भिखारीको तेस्रो कृति कविता संग्रह समुन्द्र साउती लोकार्पण भएको छ । शिल्पी थिएटरमा आयोजित कविता संग्रह लोकार्पण कार्यक्रममा कवि भिखारीको कविता संग्रह समुन्द्र साउती कार्यक्रमका प्रमुख अतिथी कवि तुलसी दिवस , कवि श्यामल, जसराज किराँती , महेश पौड्याल र स्वपिल स्मृतिले संयुक्त रुपमा लोकार्पण गरेका हुन । प्रमुख अतिथी कवि तुलसी दिवसले भिखारीका कवितामा नवीनतम कथ्यसहितका बिम्बहरु पाइने भन्दै कविता संग्रहका विषयमा चर्चा गरे । त्यसै गरी कवि भिखारीका कवितामा शालिन विद्रोह र विनम्रता पाइने वताए ।सरकारी सेवाका रहेर पनि लामो समय देखि नेपाली साहित्यका क्षेत्रमा सक्रिय रहदै आएका भिखारीका यस अघि हत्केला भरिका रेखाहरु मुक्तक संग्रह र माड्सापका झोला कविता संग्रह प्रकाशित भई सकेका छन ।

तपाईको प्रतिक्रिया