भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा नदीमा डुवेर एक जनाको मृत्य भएको छ । लेगुवा स्थिति अरुण नदीमा नुहाउने क्रममा भोजपुर नगरपालिका ११ आम्तेक घर भएका ७१ वर्षीय खड्ग वहादुर खड्काको मुत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ डुवेका खड्का नदी किनारमा अचेत अवस्था फेला परेका थिए । उनको उपचारको क्रममा प्राथमिक स्वस्थ्य केन्द्र प्याउलीमा शुक्रवार वेलुका १० ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया