भबिन कार्की

संखुवासभा । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा २ की लोकमाया राईको मृत्यु भएको छ । गत बिहिबार साझ छिमेकी गाँउमा भएकी छोरी टंक माया राईको घर बाट फर्केने गर्दा खहरे खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी धुपुले जनाएको छ ।
भोलि पल्ट शुक्रबार उनी आफ्नो घर नपुगे पछि खोजी गर्दा उनको लास खोलाको किनारमा फेला परेको प्रहरीको भनाइ छ । शनिबार उनको सव पोष्टमार्टमको लागी जिल्ला अस्पताल संखुवासभ खाँदबारी ल्याईको जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरिक्षक रामजी कटुवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया