इटहरी । धनकुटाको नाम्जे पछिल्लो समय सान्त वातावरण, चिसो मौसम, अग्रानिक तरकारि खेति लगायत होम स्टेको कारणले पनी पर्यटनहरुको मुख्य आर्कषण केन्द्र बन्दै गएको छ । भेडेटार देखि आठ किलोमिट उत्तरमा रहेको नाम्जे मौलिक तथा सास्कृतिक वातावरणका कारण पर्यटनको रोजाईमा परेको हो ।
मगर जातीहरुको वसोवास रहेको नाम्जेमा बाह्रय तथा आन्तरिक पर्यटकहरु शहरको कोलाहललाई बिर्सीएर पारिवारिक वतावरणमा अग्रानिक खाद्यन्नको मज्जा लिन आउने गरेको सागँुरिगडिका होम स्टे सञ्चालक नगेन्द्र मगर बताउछन् ।
भेडेटारको ओझेलमा परेको नाम्जे पछिल्लो समय होम स्टे सञ्चालनमा आए पछि यहाँ दैनिक पर्यटकको संख्या बढदै गएको छ । करिब तिस वटा घर मिलेर १८ वटा होम स्टे नाम्जेमा सञ्चालन रहेको छ । पर्यटकलाई स्थानिय रिति रिवाज अनुसार मगर जातिको हुर्रा, लोकदोहरी तथा नाचँगानबाट मनोरञ्जन दिने गरेका छन् । खाद्यन्न मात्र नभएर यहाँको पाहुनालाई हुने सत्कारको कारण पनि पर्यटक आउने पर्यटकहरुको बिश्वास रहेको छ ।
बिहान देखि रातिको एघार बजे सम्म होम स्टेमा रमाईलो गर्न वा नाचगान गर्न पाईने व्यवस्था रहेको छ । होम स्टे सञ्चालन पछि स्थानियको आम्दानिमा बृद्धि भएको छ भने गाँउको पनि बिकास भएको छ । सहज सडक, बिजुली र सुरक्षाको व्यवस्था राम्रो भएको खण्डमा अझ बिकास हुनेमा स्थानिय बिश्वस्त रहेका छन् ।

तपाईको प्रतिक्रिया