भोटराज राई
उदयपुर ।  उदयपुरमा हत्यागरी गाडिएको अबस्थामा एक युवाको शव शुक्रबार फेला परेको छ ।
त्रियुगा नगरपालिका (१ जोगिदहका अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको शव स्थानीय कङखोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनु भयो ।
गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले पत्ता लगाई प्रहरीलाई खबर गरेका थिए ।
गत २५ गते राती खानापछि वर्ल्डकप हेर्न भन्दै निस्किएका चौधरी उसैबेलादेखि बेपत्ता थिए । राती नफर्केपछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन ।
चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । छातिमा धारिलो बस्तुले घोचेको प्वाल रहेको प्रहरीले जनाएको छ ।
गाडेको ठाउबाट निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।

तपाईको प्रतिक्रिया