इटहरी । इटहरी उपमहानगरपालिकामा कर तिर्ने पुगेका सेवाग्राही घण्टौ लाईन बस्नु पर्ने बाध्यता छ । कर्मचारी अभाबकै कारण सेवाग्राहीहरु थोरै कर तिर्न पनि लाईन बस्नु पर्ने बाध्यता रहेको छ । इटहरी उपमहानगरपालिकाको कर शाखा सेवाग्राहीहरु दैनिक घण्टौ लाईन बस्नु बाध्यता भएको सेवाग्राहीहरु बताएका छन् ।

देशचलाउन सरकारले लिने कर उठाउनेमध्येको प्रमुख सरकारी निकाय भनेको स्थानीय निकाय पनीपनि हो । दैनिक सयौं सेवाग्राही सवारी कर तिर्न त्यहाँ पुग्ने गरेका छन् । आम नेपालीले तिरेको करले धानिएको मुलुकका सरकारी कर्मचारीले करदातालाई सम्मान गर्नुपर्ने हो । तर कर तिर्न जादा कर्मचारीनै भेटिदैनन् । कर तिर्ने व्यापारीमात्रै होइन आम व्यक्तिले पनि सम्मान खोज्नु स्वाभाविकै हो । इटहरी उपमहानगरपालिका त घन्टौं लाइनमा उभिनु पर्ने बाध्यता छ,इटहरी उपमहानगरपालिका भित्र कर तिर्ने लाईनमा बसेका सेवाग्राही यज्ञ घिमिरेले कर तिर्नु आउँदा दःुख पाउने गरेको गुनासो पोखेका छन् । राज्यलाई कर तिर्ने आउँदा पनि पाँच घण्टा लाईन बस्नु पर्ने वाध्यता रहेको गुनासो गर्दै उनले भने हामीलाई कर तिर्नु आउँदा तरुन्त तिर्ने पाउँनु प¥यो । उपमहानगरपालिकाले कर तिर्ने शाखालाई ब्यवस्थीत बनाउँनु पर्ने र बनाउनुको विकल्प नभएको उनको भनाई थियो ।

जनप्रतिनिधिहरुले समेत सेवाग्राहीलाई सुविधाको विषयमा कुनै चाँसो देखाएको छैनन् । शुत्रबार कर तिर्न उपमहानगर भित्र लाईनमा बसेका वडानम्बर ५ का सेवाग्राही लक्ष्मी प्रसाद अधिकारीले कर तिर्नु सास्ती बेहोर्नु परेको बताए । उपमहानगरपालिकाले कर तिर्न सहज बातावरण बनाउँनु पर्ने उनको माग छ । यता इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबि रिजाल भन्छन् सम्बभ भए सम्म कर तिर्ने ब्यवस्था इटहरीको २० वटै वडाबाट मिलाईरहेको भन्दै कर्मचारी अभाबको कारणले पनि समस्या भईरहेको छ । छिटो सेवा पाउँन करदाताहरु चाहन्छन् र करदाताहरुको चाहाना अनुरुप हामी आगमी बर्ष देखि यसलाई ब्यवस्थीत बनाउँने बताएका छन् । चर्को घाम नभनी विहान देखि लाईनमा कर तिर्न बसेको तर कर्मचारी समेत नहुदा र काममा ढिलासुस्ती भएको गुनासो इटहरीवासीको गुनासो रहेको छ ।

सिंहदरबार झनै टाढा

गाउँमै सेवा–सुविधा पु-याउने आश्वासन पाएका सर्वसाधारणले अहिले सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन् । स्थानीय तहमा कर्मचारी अभाव, नजिकै बैंक र बैंकिङ सुविधा नहुँदा राज्य संरचना परिवर्तन भए पनि सिंहदरबार झनै टाढा भएको महसुस गरेका छन् । जनताले गाउँमा सिंहदरबार आएको महसुस गर्न नसकेको इटहरीवासी बताउछन ।

तपाईको प्रतिक्रिया