काठमाडौं । दुई दिनदेखि परेको अविरल बर्षाले भक्तपुरमा तीन जनाको ज्यान लिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागेश्वरी एक टहरामा बसिरहेका तीन जनाको मृत्यु भएको छ । मृृतकको पहिचान खुल्न सकेको छैन । अझै कर्याै ब्यक्तिहरु फसेका छन् । डुवानमा फसेका ब्यक्तिहरुलाई ढुंगा र क्रेनबाट उद्धार गरिदै छ ।

अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा पानीको बहाव निकै ठुलो छ । बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेको छ । डुबानले च्याम्हासिहंबाट जगाती जाने पुल बगाएको छ । महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् ।

तपाईको प्रतिक्रिया