इटहरी । युवा पुस्तालाई उद्यमशिलतामा जागृत गराउने उद्धेश्यले सुनसरीको इटहरीमा उद्यमको यात्रा ,चुनौति र अवसरका अनुभव सफल उद्यमीहरुबाट सुनाउने सुरु भएको छ ।

एभरेष्ट पोलिसी इन्स्च्युटको आयोजनामा हरेक महिनाको अन्तिम विहीवार सफल एक जना उद्यमीले संगालेका अनुभवहरु सुनाउने कार्यक्रम सुरु गरेको हो । असार महिनाको अन्तिम विहीवार पुर्वमै पहिलो पटक डिपार्ट मेन्टस्टोर संचालनमा ल्याएर अहिले पाँच स्थानमा विस्तार गर्न सफल इटहरीका व्यवसायी बलराम आचार्यले अतिथी बक्ताका रुप आफना अनुभवहरु सुनाए । उद्यमको यात्रा ,चुनौती र अवसरका अनुभव नामक कार्यक्रममा सफल उद्यमीहरुका अनुभव सुन्न इटहरी क्षेत्रका विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा युवा विद्यार्थीहरुको सहभागीता समेत उल्लेखीय देखिन्थ्यो । कार्यक्रम गत जेष्ठ महिना देखि सुरु भएको र हरेक महिना एक उद्यमीलाई अतिथी बक्ताका रुपमा आमन्त्रण गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका सम्राट थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया