इटहरी । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेगुँ रोग लाग्न नदिने विषयमा सचेतना अभिवृद्धि गर्ने उदेश्यले सुनसरीको इटहरीमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र प्राथमिक स्वास्थ्य केन्द्र इटहरीको आयोजनामा सम्पन्न अभिमुखी कार्यक्रममा स्वास्थ्यकर्मीहरुले डेगुँ रोग फैलने तरिका रोग लाग्न नदिने विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र इटहरीकी चिकित्सक रुनी यादव , हेल्थ असिस्टेट रामकुमार धमला , जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रेमकुमार दास, शिवम ठाकुर लगायतले डेगुँ रोग ,उपचार विधि , रोग सार्ने लामखुट्टे नियन्त्रण लगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा इटहरी क्षेत्रका जनप्रतिनिधि विभिन्न संघ सस्थाका प्रतिनिधि संचारकर्मी लगायतको सहभागीता रहेको थियो । सो अवसरमा विश्वका एक सय देश डेगुँको जोखिममा रहेको तथा वार्षिक रुपमा विश्वमा ५ करोड बढी मानिसहरु प्रभावित हुने गरेको समेत जानकारी गराइएयो । जलवायु परिवर्तनका कारण गर्मि ठाउँमा मात्र पाइने डेगुँ सार्ने लामखुट्टे पहाडी क्षेत्रमा समेत पाउन थालेको सो अवसरमा स्वास्थ्यकर्मीहरुले बताए । गत वर्ष सुनसरीमा पनि सात जनामा डेगुँ संक्रमण पाइएको समेत जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकमा रहेको छ ।

तपाईको प्रतिक्रिया