बिपेन्द्र गौतम
पाँचथर । नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तारानाथ दाहाललाई बिहिबार आज एक कार्यक्रमकाबीच स्वतन्त्रता सेनी सम्मान पुरस्कारबाट पाँचथरमा सम्मान गरिएको छ । नगद २२ हजार दुई सय २२ सहित महासंघका पुर्ब अध्यक्ष दाहाललाई नेपाल पत्रकार महासंघ पाँचथरद्धारा सम्मान गरिएको हो । फ्रिडम फोरमका प्रमुख समेत रहेका दाहालले पत्रकारिताको बिकास र स्वतन्त्रताको लागि पु–याएको योगदान स्वरुप सम्मान गरिएको बताइएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लबदेब ढुङगाना २०६२÷६३ सालको जनआन्दोलनको क्रमम ५१ दिन गैर न्यायिक थुना परे वापत राज्यले प्रदान गरेको क्षतिपुर्तीको रकमसहित अन्य रकम थप गरी अक्षय कोष स्थापना गरिएको हो । सो पुरस्कारबाट नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्षहरु बिष्णु निष्ठुरी, किसोर नेपाल, शिव गाउँलेलाई यसअघि नै सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा स्थानीय स्थानीय पत्रकार राधा लुइटेललाई स्वर्गीय हरिचरण भद्रमाय स्मृती बातावरण पुरस्कारबाट पुरस्कृत गरिएको छ । पाँच हजार ५५५ रुपैयाँ सहित कदर पत्र प्रदान गरी पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सस्थागत बिकासमा योगदान गरे वापत नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ र कार्यकारी प्रमुख गुरुदत्त सुबेदीलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दाहाल लगायतका ब्यक्तिलाई सम्मान गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया