भोजपुर । भोजपुर सदरमुकाममा एक साथ तीन ओटा तालिमको समापन गरिएको छ । जिल्ला युवा समितिले युवाहरुलाई स्वरोजगार वनाउने लक्ष्यका साथ सञ्चालन गरेको तीन सय ९० घण्टे एड्भान्स सिलाई कटाई, व्युटीसीयन र आधारभुत मोवाइल मर्मत तालिमको समापन गरिएको हो । सिलाई कटाई र मोवाइल मर्मत ५÷५ जना र व्युटी सीयन तर्फ १० जनाको सहभागीता रहेको थियो । तालिमको समापन कार्यक्रममा वोल्दै जिल्ला युवा समितिका अध्यक्ष विकास राईले सिकेको सीपलाई सदुपयोग गर्दै आगमी दिनमा व्यवसायिक भएर लाग्न सवै सहभागीहरुलाई आग्रह गरे । साथै उनले तालिममा सहभागी भएकाहरुले आगमी दिनमा व्यवसायिक ढंगले काम गर्ने लक्ष्यका साथ योजना वनाएर आएमा विना धिता,े विना व्याज ऋण उपलव्ध गराउने समेत वताए ।

तपाईको प्रतिक्रिया