इटहरी । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल गायिका प्रसाईंकाे श्वरमा रहेकाे माया लुकि लुकिले छाेटाे समयमै नयाँ रेकर्ड राख्न सफल भएकाे छ । कार्टुन क्रिउकाे बेजाेड प्रस्तुति रहेकाे उक्त गितकाे भिडियाेले ३३ दिनमै एक कराेड दर्शक पाएपछि नयाँ रेकर्ड कायम गरेकाे हाे । याे भन्दा अघाडी २ रूपैया फिल्मकाे कुटुमा कुटु सुपारी दाना अग्रस्थानमा रहेकाे थियाे तर यहि अवधिमा साे गानाले पनि एक कराेड दर्शक भने पाएकाे थिएन । याे भन्दा अघाडी नै बजारमा निकै चर्चित गितहरू गाएर छाेटाे समयमा अाफ्नाे बेग्लै पहिचान बनाइसकेकी गायिका प्रसाइले गाएकाे माया लुकि लुकी अहिले सम्मकै सबै भन्दा छोटो समयमा सबैभन्दा बढी श्रोता तथा दर्शकले हेरेर मनपराएको गीत नेपाली साङ्गीतिक इतिहासमै पहिलो बन्न सफल दाबी गरीएकाे छ । गायिका प्रसाईंको यस् गीतमा रचनाकार आनन्दअधिकारीको शब्द ,आशिष अविरलको संगीत र संगीत-संयोजन रहेकोेछ भने भिडियोमा हाल सर्वाधिक चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । यस अघि पनि थुप्रै चर्चित गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल बनिसकेकी गायिका प्रशाइले ‘तिमी भन्छौ भने म तिम्रै हु , ‘नाइँ मलाई थाहा छैन’, एउटा कुरा भनुम ‘(तिमी मलाई मन पर्छ’) चट्ट सलाम ,सेल्फिको जमाना, तिम्ले साथ दिदा ,कान्छी रे, परेँ माया जालैमा, नतोडन, पहिलो भेटैमा जस्ता चर्चितगीत हरु सङ्गै नेपाली चल्चित्रका सयौं गीतहरुमा अाफ्नाे सुमधुर अावाज दिइसकेकी छिन । झापा, तोपगाछी बाट आफ्नो सांगीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका टीका प्रसाईंको माया लुकि लुकि गीतलाइ उनको आफ्नै यु -ट्युब च्यानल बाट सर्बजनिक गरिएकोछ । ओसियाना एजुकेसन सोलुसन द्वारा आयोजित माया लुकि लुकि गीतको कभर डान्स भीडीयो कम्पीटीसन पनि सुरु भैसकेको छ र२०७५ असोज ३१ गते सम्ममा कभर भीडीयो तयार पारी पठाइ सक्नु पर्ने र उत्कृष्ट भीडीयो लाई ५०,०००( पचास हजार ) पुरस्कार रहेको गायिका प्रशाइले जानकारी दिएकि छिन ।

तपाईको प्रतिक्रिया