इटहरी १ स्थित माझी टोलमा आमाले छोरीको हत्या गरेको आरोपमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । ४ बर्षिय छोरी अपेक्षा लिम्बुलाई सौतेनी आमा उमा माझी लिम्बुले कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । गएको असार १ राती खाने खाएर सुत्ने बेलामा रोएको भन्दै सौतेनी आमा उमाले बालिकालाई हातले कुट्दा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
बलिका आफ्नी आमा योजना लिम्बु लुईटेल भने बैदेशिक रोजगारीमा मलेसिया गएकी छिन् ।बालिकाकी हजुरआमा राधिका लुईटेलले किटानी जाहेरी दिए पछि इलाका प्रहरी कार्यालय इटहरीले सौतेनी आमा उमालाई पक्राउ गरेको हो । कुटपिटबाट बेहोस भएर ढलेकी बालिकालाई अस्पताल पुर्याउँदा डाक्टरले मृतक घोषणा गरेको थियो । पक्राउ परेकी उमा माझी लिम्बुले आफुले गल्ति गरेको भन्दै स्विकार गरेको प्रहरीले जनाएको छ । उनी आफु पनि भर्खर ७ दिनको सुत्केरी रहेकी छिन् । सुत्केरी आमा र नवजात शिशुलाई छुट्टै व्यवस्था गरी राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले जानकारी दिनुभयो ।
यता, मृतक बालिकाको मावली परिवारले हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै दवाब दिएका छन् ।

तपाईको प्रतिक्रिया