बिपेन्द्र गौतम
पाँचथर । पाँचथरमा जीप दुर्घटना एक जनाको मृत्यु आठ जना घाइते  आज बिहान ८ पाँचथरको याङवरक गाउँपालिका फलैचाबाट झापाको बिर्तामोडतर्फ जादै गरेको जीप याङवरक–३ ओयामको भीरबाट सडकबाट करीब एकसय मिटर तल खस्ता एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
जीपमा सवार अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृत्यु हुनेमा याङवरकका कैशाल अधिकारी रहेको प्रहरीले जनाएको छ । घट्नास्थलतर्फ प्रहरी परिचालन भएको र उद्धार कार्य भईरहेकोले बिस्तृत बिवरण आउन बाकी रहेको छ ।

तपाईको प्रतिक्रिया