इटहरी । केही दिन देखि नेपालगंजमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहले आफनो ७२औं जन्मदिन नेपालगंजमै मनाएका छन । पुर्वराजा ज्ञानेन्द शाहको जन्मदिन मनाउन यज्ञप्रसाद आचार्यको अध्यक्षतामा समिति नै बनाएर राजावादीहरुले धुमधामका साथ जन्मदिन मनाएका हुन । जन्मदिनको अवसरमा राजावादीहरुले पुर्वराजालाई भेटेर शुभकामना दिएका थिए । सो क्रममा समितिका तर्फबाट अध्यक्ष आचार्यले पुर्वराजा शाहलाई अभिनन्दन समेत गरे । पुर्वराजा शाहलाई अभिनन्दन गर्ने क्रममा आचार्यले देशलाई सर्वमान्य एकताको मियो चाहिएकाले संवैधानिक रुपमै राजसंस्थाको पुनवहाली हुने विश्वास व्यक्त गरे ।  पुर्वराजा ज्ञानेन्द्रले जन्मदिनको अवसर पारेर नेपालगंजमा रहेको बागेश्वरी माताको दर्शन तथा पुजाअर्चना समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया