भोटराज राई
उदयपुर । १४ वर्षसम्म भाडामा बसेको उदयपुर जिल्ला निर्वाचन कार्यालय शुक्रबारदेखि आप्mनै भवनमा सरेको छ ।
१ करोड २२ लाख ६८ हजार २७५ लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि कार्यालय आप्mनै भवनमा सरेको हो ।
२०७३ साउनमा सम्झौता भई छ महिना म्याद थपसहित हाल निर्माण सम्पन्न भवनमा १४ कोठा रहेको र चारकोठा आवास बाहेक सबै कार्यालय प्रायोजनमा रहेको जनाइएको छ ।
एक समारोहकाबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भवनको उद्घाटन गर्नुभयो ।
आप्mनै भवन भएपछि कार्यालय व्यवस्थित हुने, कार्य सम्पादन चुस्त, दुरुस्त हुनुका साथै सेवाग्राहीलाई सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया