युवराज विष्ट

भोजपुर । जिल्ला अदालत भोजपुरले कर्तव्य ज्यान मुद्धामा तीन जनालाई जन्म कैदको फैसला गरेको छ ।
अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नं – ५ खावा चोलन्तीका स्थानिय ३१ वर्षीय भिमसेन राई, ३८ वर्षीय धर्मराज राई, र ३१ वर्षीय दिपेन्द्र राईलाई जन्म कैदको फैसला गरेको हो ।
जिल्ला न्याधीस हरीश्चन्द्र इङनामको एकल इजालसले सोहि स्थानका ३९ वर्षीय धनहर्क राईलाई कुटपीट गरि मारेको अभियोगमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजीम जन्म कैदको फैसला गरेको हो ।
त्यस्तै सोहि घटनामा संलग्न रहेको अभियोगमा ६९ वर्षीय भिम कुमारी राईलाई ज्यान सम्बनधी महलको १७ (३) बमोजीम १ वर्ष कैदको फैसला गरेको छ । उनिहरुले मृतक राईलाई गत २०७४ साल चैत्र ३ गते कुटपीट गरे पछि घटनालाई स्थानिय रुपमा मिलाएर रुखबाट लडेर घाइते भएको भन्ने जानकारी गराएका थिए । तर जिल्ला अस्पतालमा उपचारमा रहेका घाइते राईको विषयमा प्रहरीले अनुसन्धान गर्दा कुटपीट भएको पक्ता लागेको थियो ।
जिल्ला अस्पतालमा उपचार हुन् नसके पछि घाइते राईलाई थप उपचारको लागि चैत्र ८ गते विराटनगरको लागिएको थियो । तर राईको उपचारको क्रममा चैत्र ९ गते मृत्यु भए पछि प्रहरीले दुई जनालाई विराटनगर र अन्य दुई जनालाई घरबाट नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

तपाईको प्रतिक्रिया