युवराव विष्ट

भोजपुर । वन्द रहेको नेपाल वायुसेवा निगमको भोजपुर – विराटनगर पुनः उडान शुरु हुने भएको छ । मौसम लगाएत अन्य विविध कारणले करिव तीन महिनाबाट वन्द रहेको उडान आगमी असार २६ गते मंगलवारबाट शुरु हुने नेपाल वायु सेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । तत्काललाई हप्तामा मंगलवार एक ओटा उडान राखिएको भए पनि यात्रु चाप वढेमा तालिका थप्न सकिने मिजारको भनाई छ । त्यस्तै निगमले भोजपुर –काठमाण्डौ उडान समेत थप गरेको छ ।
विगतमा हप्तामा ४ ओटा उडान हुने गरेकोमा अव हप्तामा ५ ओटा उडान हुने भएको हो । निगमले हप्तामा आइतवार र सोमवार वाहेक अन्य सवै दिन काठमाण्डौ – भोजपुर उडान भर्ने जनाईएको छ । काठमाण्डौको लागि ५ हजार १ सय ३० र विराटनगरको लागि ३ हजार भाँडादर कायम भएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया