मोरगं । मोरगंको बेलवारी नगर पालिका ४ इमानसिंह चोक नजिकै नगरपालिकाको सहयोगमा जातिय संग्रालय निर्माण सुरु भएको छ ।
बेलवारी नगरपालिकाको सात लाख सहयोगमा जातिय ऐतिहासिक औजारहरुको संग्रहीत गर्ने गरी संग्रालय निर्माण कार्य सुरु गरिएको हो ।
स्थानीय चन्द्रकला शिसुन्खेले करिव २० लाख रुपौया पर्ने एक कठ्ठा जग्गा संग्रालय निर्माणका लागि उपलव्ध गराएपछि दलित समुदायका ऐतिहासिक औजारहरु संग्रहीत गर्ने गरी निर्माण कार्य सुरु गरिएको र निमार्ण सम्पन्न गर्नका लागी करिब ५० लाख लाग्ने निर्माण समितिका सदस्य,तथा वडा सदस्य चन्द्रकुमार मंग्रातीले जानकारी दिए । संग्रालयमा सामुदायिक हल समेत निर्माण भई रहेको उनले वताए । बहुउपयोगी सामुदायिक हल सहितको भवन निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका सबै जातीका मानिसहरुलाई सामाजिक कार्य,विवाह,ब्रतबन्ध,साँकिृतिक कार्यक्रम लगायतका लागि महगां पाटी प्यालेसहरु पुग्नु पर्ने झण्झट अन्त हुने विश्वास गरिएको छ ।
भवन निमार्ण गर्नका समुह, संघ,सस्थामा सहयोग लिने नपुग रकम नगर पालिकाले आगामी दिनमा सहयोग गर्ने पनी नगर पालिकाले आश्वसन दिएको पनी सदस्य मंग्रातीले थप जानकारी दिए ।

तपाईको प्रतिक्रिया