भबिन कार्की
सखुवासभा । संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुई जना पक्राउ परेका छन् । सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सल वहादुर श्रेष्ठ र सोही स्वास्थ्य चौकीमा कार्यरत उदय कुमार शाह रहेका छन् । पिडीत महिलाले आफुलाई दुई जना मिलेर यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दिएकी थिइन् ।
तर पिडित महिलाले उजुरी दिएको महिना दिन पछि मात्र प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठ र शाह माथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा खाँदबारीका प्रहरी निरिक्षक राम जि कटुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया