इटहरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका ४ स्थित कोशी कटान क्षेत्रमा सिपेज भएर बग्ने पानीमा भारतीय बीआर ०६ पीवी ६४१८ नम्वरका बुलेरो जीप सडकदेखि तल पानीमा खस्दा बुलेरोमा यात्रारत ६ जना भारतीय नागरिकको घट्नास्थलमा नै मृत्यु भएको हो । घट्नामा अरु तीन जना भाईते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
हिजो राती धनकुटाको नमस्ते झरना बाट आउदै गरेको उ्रक्त भारत विहारको बुलेरो भ्यान तिब्रगतीका कारण सडकदेखि तल पानीमा खस्दा ती यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उक्त दुर्घट्नामा परि भारत विहार राज्यको सुपौल जिल्लाका लक्ष्मनिया गाउँका ६० बर्षीया ललितादेवी राम, ३६ बर्षीय सुरेन्दकुमार सुमन, ३० बर्षीय धीरेन्द्रकुमार राय ५ बषर््ािया गोलुकुमार राय ४० बर्षीय सञ्जिवकुमार पोदार ३० बर्षीया कञ्चनदेवी रायको मृ्त्यु भएको प्रहरीले जानकारी दिए ।
मृतकमध्ये तीन जनाको लाश जिल्ला अस्पताल इनरुवामा रहेको तथा अन्त तीन जनाको लाश विराटनगरस्थित सञ्जिबनी अस्पतालमा राखिएको छ । उक्त घट्नामा गम्भीर घाईते भएका नीलुदेवी पोदार, आदिपकुमार राय र ललनकुमार रायको पनि सोही अस्पतालमा उपचार भई रहेको छ ।
राती भएको बुलेरो दुर्घटनाका चालक भारत विहार बरमपुरका २६ बर्षीय सुशिल कामतलाई राती नै जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताईएको छ । दुर्घट्नामा परेर मृत्यु भएका भारत विहारका मानिसको आफ्रन्तहरुलाई जानकारी दिने कार्य भई रहेको पनि प्रहरीले जानकारी दिई दुर्घट्नाका विषयमा सोधखोज भई रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया