भोटराज राई
उदयपुर । उदयपुरको गाईघाटमा सोमबार दिउसो एक बालकलाई नालीको भेलले बगायो । विहानदेखिको मुसलधारे वर्षातपछिको भेलले बगाएर बेपत्ता पारेको बालकलाई नजिकै रहेका पसले पुष्पबहादुर बुढाथोकीले करिब सयमिटर तल उद्धार गरे ।
संगमटोलको सिटिहल नजिकै आमा पसलमा कपडा किन्दैगर्दा अढाईवर्षे बालक भेलको भुवरीमा पसेका थिए । बालक नालीमा डुबेको एक्कासी पसलकी साउनीले देख्न भ्याए ।
करिब सयमिटर दुरीमा जमिनमुनी नालीमा बगेर बेहोस् अवस्थामा उद्धार भएका बालकलाई त्रियुगा हस्पिटलमा उपचारपछि स्वास्थ्य स्थिति सामान्य बनेको छ । उदयपुर बोर्डिङका सयौं बालबालिका समेत दैनिक ओहोरदोहोर गर्ने उक्त ठाउँमा यसअघि पनि घटना भएको थियो । गाईघाट बजार क्षेत्रमा यत्रतत्र पासो थापे झै रहेका अव्यवस्थित ढल तथा नालीका कारण बालबालिका त जोखिममा छदैछन् ठूला मान्छेहरु पनि सुरक्षित आभाष गर्दैदन् ।
नगरपालिकाले व्यवस्थित पार्नुपर्ने नगरबासीको माग छ । यस घटनाले वडाअध्यक्ष विश्वराज भट्टराईलाई झस्काएको छ ।
त्रियुगा नगरपालिकाको आप्mनै कार्यालय रहेको बजार क्षेत्रका ढल तथा नालीलाई व्यवस्थित नगर्नाले यस्ता घटना घटेको हो र सुधार नगरेसम्म जोखिम रहिरहने छ ।

तपाईको प्रतिक्रिया