बिराटनगर ।  मोरङका धेरै गाउँहरु बाढीको उच्च जोखिममारहेको छ । बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केसलियालगायत खोलाका प्रभावका कारण आसपासका गाउँहरु जोखिममा छन् । हिजोदेखि लगातारको वर्षाका कारण दर्जनभन्दा बढी गाउँ जलमग्न हुन थालिसस्केका छन् ।

नेपाल रेडक्रस सोसाइटीको एक अध्ययन अनुसार सम्भावित जोखिमस्थलहरुमा तत्काल सचेतनामूलक कार्यक्रम गर्नुका साथै सतर्कता र उद्धारको पूर्वतयारी आवश्यक देखिएको छ । बक्राहा खोलामा आएको बाढीका कारण आसपासका मधुमल्ला, गोविन्दपुर, इटहरा, बरडंगा, अमरदह , हसन्दहलगायत गाउँबस्ती जलमग्न हुन थालेका छन् । यसैगरी रतुवा खोलाका कारण सिजुवा, महादेवालगायत गाउँ प्रभावित बनेका छन् । गत वर्षको बाढीमा ती गाउँका हजारौं बासिन्दा डुबानमा परेका थिए । भने धेरै उर्वर जमिनहरु बालुवामा परिवर्तन भएको थियो

तपाईको प्रतिक्रिया