इटहरी । एभिन्युज खबरले  इटहरी व्युरो अन्र्तगत रहेका आफना संवाददाताहरुलाई खबर संप्रेसण तथा प्रविधि सम्वन्धी विषयबस्तु समावेश गरेर तालिम दिएको छ ।

नेपाली टेलिभिजनको सर्वेक्षणबाट नेपाली टेलिभिजनमा सबै भन्दा बढी हेरिने खबर च्यालन बन्न सफल एभिन्युज खबरले आफना संवाददाताहरुको क्षमता अभिवृद्धि लागि तालिम प्रदान गरेको हो ।

इटहरी व्युरो अन्र्तरगतका खबर संवाददाताहरुका पुर्नरताजकीका लागि सञ्चालन गरिएको तालिममा एभिन्युज नेटवर्क प्रालिका अध्यक्ष भाष्करराज राजकर्णीकारले एभिन्युज खबरका विगत देखि अहिले सम्मको अवस्थाका विषयमा सहजिकरण गरेका थिए । बजार निर्देशक कलम शाहले बजारसंग सम्वन्धीत विषयवस्तु , केन्द्रीय व्युरो प्रमुख राजु श्रेष्ठले खबरका विषयहरु र प्रोडक्शन प्रमुख राजु श्रेष्ठले क्यामरा र दृष्य खिच्ने विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम संयोजक इटहरी ब्युरो प्रमुख सचिन पोखरेलले व्युरोले गर्दै आएका गतिविधिहरुका विषयमा जानकारी गराए । तालिममा प्रदेस नम्वरका एभिन्युज खबरका संवाददाताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया