इटहरी । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले १५औं धान दिवस विशेष कार्यक्रमको आयोजना गरी सामुहिक रुपमा धान रोपाई गरेर मनाएको छ । उन्नत जातको अनुसन्धान तथा विकासका क्षेत्रमा काम गर्दै आएको क्षेत्तयि कृषि अनुसन्धान केन्द्र तरहराले अन्य वर्ष झै यो वर्ष पनि धान रोपाई कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको हो । धान दिवसको अवसर पारेर आयोजना गरिएको रोपाई कार्यक्रममा सरकारी कार्यालयका अधिकारीहरुका साथै विभिन्न इटहरी वडा नम्वर २० वडाध्यक्ष मणीराम श्रेष्ठ , नागरिक समाज महेन्द्र गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रका प्रमुख रामबली साहले धान रोप्ने मेशिनको उपयोगिताका विषयमा समेत किसानहरुलाई जानकारी गराए । उनले कृषि मजदुरहरुको अभाव हुदै गएको समयमा धान रोप्ने मेशिन किसानहरुका लागि फलदायक हुने समेत वताए ।

पुर्वी नेपालका विभिन्न ६ जिल्लालाई कार्यक्षेत्र वनाएर वाली,वागवानी , पशु ,माछा,घाँस वालीका क्षेत्रमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले अनुसन्धान गर्दै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कमा आवद्ध क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको समेत सहभागितामा गरिएको अनुसन्धानबाट सुख्खा सहने दस जात ,डुवान सहने तीन जात र सुख्खा तथा डुवान सहने दुई जातको धान अनुसन्धान र विकास गरी सिफारिस भई सकेको छ । यसरी सिफारिस भएको जातहरुमा सुख्खा सहनेमा सुख्खा धान १ देखि ६ , तरहरा १ ,हल्दीनाथ २ र ३ जातको विकास गरिएको जनाइएको छ । डुवान सहने साम्वा मंसुली सव १ ,सोण सर्व १ र सेरागंन १ जात विकसीत भएको र सुख्खा तथा डुवान सहिने जातमा बहुगुणी १ र बहुगुणी २ को अनुन्सधान गरि सफल भई सकेर केही वर्ष देखि खेती हुन थालेको सकेको छ । केन्द्रले हरेक वर्ष जस्तै यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरि धान दिवस मनाइएको केन्द्रका शोभितलाल यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया