इटहरी । हरेक वर्ष झै पुर्वी नेपालमा पनि असार १५ सरकारी निकाय गैरसरकारी संस्था र किसान आवद्ध राजनैतिक दलका भातृ संगठनहरुले धुमधामका साथ रोपाई गरेर धान दिवस मनाई रहेका छन भने किसानहरु पयाप्त वर्षा नभएका कारण रोपाई गर्न नपाएर चिन्तीत वनी रहेका छन ।
धान उत्पादनका दृष्टिकोणले पुर्वी नेपालले मुलुकै अग्रस्थान ओगट्ने गर्दछ तर पुर्वी नेपालको ५० प्रतिसत वढी रोपाई वर्षाकै पानीमा भर पर्ने गरेको छ । असारको दास्रो साता लागि सक्दा पनि रोपाईका लागि आवश्यक वर्षा हुन नसक्दा पुर्वी नेपालमा भर्खर धान रोपाई सुरु भएको छ ।
नेपाल सरकारले धान उत्पादनमा प्रोत्साहनका लागि असार १५लाई धान दिवसको रुपमा मनाउने गरे अनुसार यस पटक १५औं धान दिवस मनाइदैछ ।
पुर्वी नेपालमा कृषि उपजको उन्नत जातको विकासमा सक्रीय सरकारी निकाय क्षेत्रिय कृषि अनुसन्धान केन्द्र तरहरामा सरकारी निकायका उच्च ओहदाका व्यक्तीत्वहरुको सहभागितामा धान रोपाई गरेर
धान दिवस मनाइयो ।
अन्य ठाँउहरुमा पनि केही सरकारी तथा गैरसरकारी संस्थाहरुको सक्रीयतामा धान रोपाई गरेर धान दिवस मनाइयो । सरकारी तथा गैरसरकारी स्तरवाट औपचारिक रुपमा सिचाई भएका
ठाँउहरुलाई छनौट गरी रोपाई गरेर धान दिवस मनाए पनि सिचाई सुविधा नभएका तथा वर्षाको पानी पनि नपरेका ठाँउहरुमा रोपाई गर्न नपाएर किसानहरु चिन्तीत वन्दै आइरहेका छन । मोरगंको बेलवारी ४का किसानहरुले नहरबाट सिचाई गरेर धमाधम रोपाई गर्न थालेका छन ।
पुर्वी नेपालमा करिव ५ लाख हेक्टरमा धान खेती हुदै आएको र सरदर १४ लाख मेटीक टन उत्पादन हुने गरेको छ ।सरकारले रोपाईको समयमा मलखाद सहज रुपमा उपलव्ध गराउन सक्नु तथा सिचाई सुविधा प्रयाप्त नभएका कारण पनि पुर्वी नेपालमा खेती योग्य जमिनको केही भाग कहिलेकहाँ
वाझ ै वस्ने गरेको छ ।

तपाईको प्रतिक्रिया