इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ५मा रहेको सस्थागत विद्यालय नवयुग एकेडेमीका दुई विद्यार्थी एसईई परिक्षामा मुलुकभर उत्कृष्ठ नतिजा ल्याउने परिक्षार्थीमा परेका छन ।

२०७४को एसईई परिक्षामा सामेल नवयुग एकेडेमीका छात्रद्धय उज्जलराज घिमीरे र शंकरबाबु आचार्यले जीपीए ४ ल्याएका हुन । मुलुकभरका २५ परिक्षार्थीहरुले उत्कृष्ठा नतिजा जीपीए ४ ल्याएकोमा नवयुग एकेडेमीका दुई जना विद्यार्थी पनि रहेको विद्यालयले जनाएको छ ।

एक दसक अघि देखि एसएलसी परिक्षामा विद्यार्थीहरु सहभागी गराउदै आएको नवयुग एकेडेमीले समय समयमा पुर्वाञ्चल तथा जिल्ला प्रथम हुन सफल भएको नवयुग एकेडेमीका निर्देशक खगेन्द्र पोखरेलले जानकारी दिए । उनले २०६५साल देखि एसएलसी परिक्षामा विद्यार्थीहरु सहभागी हुन थालेको भएपनि विद्यालय उत्कृष्ठ नतिजा ल्याइरहेको बताए । २०७०सालमा एसएलसी परिक्षामा पुर्वाञ्चलमै प्रथम स्थान हासिल गर्ने सफल र अघिल्लो वर्ष पनि संस्थागत विद्यालयहरुमा जिल्ला प्रथम हुन सफल भएको समेत जानकारी दिए । यस पटक हालै सार्वजनिक भएको एसईईको नजितामा समेत उत्कृष्ठ जीपीए ४ ल्याउने विद्यार्थीहरु मध्ये आफनो विद्यालयका दुई जना परेको पोखरेलले वताए । इनरुवा ५ स्थायी घर भएका उत्कृष्ठ नतिजा ल्याउन सफल घिमीरे र आचार्य दुवै जना कक्षा १ देखि नै नवयुग एकेडेमीमा अध्ययन गर्दै आएको समेत पोखरेलले जानकारी दिए । एसईई परिक्षामा सामेल ८६ जना विद्यार्थी मध्ये दुई जनाले जीपीए ४, १६ जनाले ए प्लस , ४३जना ए ,२२ जना बी प्लस र ५ँ जना विद्यार्थीले बी स्थानमा नतिजा ल्याएको जानकारी गराइयो ।

इनरुवा ५ बलाहामा रहेको नवयुग एकेडेमीबाट अध्ययन गरेका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा समेत उत्कृष्ठ नतिजा ल्याउन सफल भएको पाइएको समेत वताइएको छ । सो विद्यालयमा इनरुवा तथा आसपासका ग्रामिण क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन । नवयुग एकेडेमीमा हाल कक्षा ९ सम्म ९ सय २१ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ । नवयुग एकेडेमीले एसईईको नतिजा सार्वजनिक भएपछि उत्कृष्ठ नतिजा जीपीए ४ दुई जना विद्यार्थी सहित विद्यालयले सतप्रतिशत ल्याउन सफल भएपछि एक कार्यक्रमको आयोजना गरी विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया