इटहरी । इटहरी उपमहानगरपालिकाले प्रदेस नम्वर १ को स्थायी राजधानी समेत इटहरी वन्ने सम्भावनालाई मध्यनजर गर्दै समृद्ध सुन्दर शहर निर्माण गर्ने गरी बजेट निती तथा कार्यक्रम ल्याएको जनाए छ ।

तेस्रो नगरसभामा बजेट निती तथा कार्यक्रम सार्वजनिक गर्दै उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रदेसको स्थायी राजधानी इटहरी हुने सम्भावनालाई मध्यनजर गर्दै त्यही अनुसार बजेट तथा निती कार्यक्रम ल्याएको जानकारी दिएकी हुन ।

बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुख गौतमले आर्थिक बर्ष २०७५–०७६ को कुल ८१ करोड ८६ लाखको बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन । बजेटमा पर्यटन प्रवद्र्धन,शिक्षा ,भौतिक पुर्वाधार , अन्तराष्टिय स्तरको सभागृह , पार्क निर्माण र रात्रीकालिन बजार सञ्चालनका विषय बजेटको प्राथमिकतामा परेका छन ।

त्यसै गरी उपप्रमुख गौतमले प्रस्तुत गरेको प्रस्तावित बजेटमा प्रदेश नम्वर १को नमुना शहरका रुपमा इटहरी उपमहानगरलाई ब्यवस्थित शहर बनाउन शिक्षा,स्वास्थ्य, कृषि, खेलकुद, उद्योग साथै सञ्चार क्षेत्रको विकासका लागि समेत बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्ती गरी सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गरिने समेत बजेटमा समेटीएको छ । मेरो घर र टोल म आफै सफा राख्छु कार्यक्रम मार्फत फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम प्रभावकारी भएको भन्दै त्यसलाई निरन्तरता दिने साथै मेयर कप प्रतियोगितालाई समेत निरन्तरता दिने विषय बजेटमा समावेस गरिएको छ । उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षता भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा चक्रपथ निर्माणको योजना समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

तपाईको प्रतिक्रिया