भोजपुर । भोजपुरको आमचोक गाउँपालिका –१० पाङ्चाको धारापानी भन्ने स्थानमा वेलेरो दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।
आइतवार विहान दुम्मानाबाट १२ जना यात्रु वोकेर उदयपुरको रानीटार तर्फ जादै गरेको को १ ज २८५६ नम्वर वोलेरो भ्यान दुर्घटना भएको हो । गम्भिर घाइतेहरुमा आमचोक ८ वस्ने ३२ वर्षीय रमिला गुरागाई, ४५ वर्षीय सुर्य कुमारी गुराँगाई, ६१ वर्षीय पुर्णमाया तामाङ्ग, २८ वर्षीय सीमा राई र ४० वर्षीय पदम वहादुर श्रेष्ठ रहेका छन् घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । त्यस्तै वडा नं ९ दुम्माना वस्ने चालक जित वहादुर मगर र सोही स्थानका नारद राई सामान्य घाइते भएका छन, भने अन्य यात्रु सकुसल रहेको प्रहरीको भनाई छ । वोलेरो सडकबाट करिव ६० मिटर तल खसेको थियो । घाइतेको प्रहरी तथा स्थानियले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया