शुभ नारायण कामती
सिरहा  । सिरहाको गोलबजार नगरपालिका–२ मा पर्ने तेतरीया गाउँमा रहेको पर्यटकीयस्थल कुम्भीखाडी दह जोड्ने मैनाबत्ती खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ ।
राष्ट्रपति चुरे मधेस संरक्षण विकास समिति खुमलटार, ललितपुरको ४५ लाख लागतमा उपभोक्ता समितिमार्फत बन्दैगरेको पुल शनिवार विहानआएको बाढीले भत्काएको हो ।
पुल भत्किएकोमा डिजाईन गर्ने इन्जिनियरको गल्तिको कारण पुल भत्किएको स्थानीय राम दयाल साहले बताए ।
अर्का स्थानीय का अनुसार पुल निर्माण गर्दा पुलमा प्रयोग गरिएको रड पात्लो भएको र अन्य सामग्रीहरु गुणस्तरहीन प्रयोग गरि निर्माण गरेको र पुल निर्माणमा एप्रोच ढलानको समयमा दुईवटा जाल बनाएर ढलान गर्नुपर्ने तर एउटा मात्रै जाल ढलान गरेकाले पुल भत्किएको रंजित कुमार साहले बताए ।
उनले पुल निर्माण गर्दा उचाई हुन्थ्यो तर, होमपाइमबाट बनेकाले मापदण्डको पानी खप्न नसक्ने तथा पुलको बैंकमा बोल्डरको जाल नलगाएकोले पुल भत्किएको पूर्ण दोष डिजाइन गर्ने इन्जिनरमा नै देखिन्छ । अब, पनि मर्मत गराउनुपरे हर्जना इन्जिनयर सित लिनुपर्ने स्थानीय प्रदिप कुमार साहले बताए ।
उक्त पुलको निर्माण समितिकै सदस्य स्थानीय हरी सुनवारले पहिले देखि नै हामी उपभोक्ताहरु संग सल्लाह नलिई बनेको निर्माण कार्यमा भत्किएको अवस्था ल्याउन दातृसंस्थाको कुनै दोष नभएको केवल इन्जिनियरको दोष रहेको बताए ।
उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले विकास समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेको बताए ।
उनले भने, ‘हामीलाई राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिले दिएको डिजाइन स्टिमेटको आधारमै पूल बनाएका हौँ, हामीले यसमा कुनै हेरफेर गर्नै सक्दैनौँ ।’
उनले उपभोक्ता समितिको यसमा कुनै कमजोरी नरहेको जिकिर गरे ।
अध्यक्ष सुनवारले भने, ‘विकास समितिले खटाएको इन्जिनियरको निर्देशनमै हामीले काम गराइरहेका छौँ, निर्माण सामाग्री पनि सम्झौता अनुसारै प्रयोग भएको छ ।’
साइड इन्जिनियरको रुपमा काम गरिरहेका जलउत्पन्न प्रकोप लहानका इन्जिनियर रामकृपाल चौधरीनै राष्ट्रपति चुरे मधेस संरक्षण विकास समिति खुमलटार, ललितपुरबाट खटाइएको ले पुलको छेउमा प्रोटेक्सको काम गर्न नसक्दा पुलको केही भाग बाढीले क्षति भएको बताए ।
‘ढिलोगरी सम्झौता भएकाले समयमा काम सुरुगर्न नसक्दा पछि तारजाली नभेटिएकोले काम गर्न सकिएन र बाढीसँगै झारपात समेत आएर होमपाइप जाम भएकाले छेउबाट भङ्गालो भनाएर पानी बगेपछि पुलको एप्रोचहरु भाचिएको हो,’ इन्जिनियर चौधरीले बताए ।

तपाईको प्रतिक्रिया