इटहरी । सुनसरीको इटहरी क्षेत्र भएर बग्ने टेग्रां खोला बढ्दो शहरीकरणसंगै साघुरो बन्ने क्रम बढेपछि बर्षायाममा इटहरीको ९ र १० नम्वर वडा डुवानमा पर्ने गरेको स्थानीयले गुनासो गरेका छन ।

केही वर्ष यतादेखि इटहरी क्षेत्रमा मानव चाप बढन थालेसगै टेग्रां खोला साघुरो बन्ने क्रम सुरु भएको तथा खोलामा थुप्रने फोहोरमैला समयमै व्यवस्थापन नगरिने गरेका कारण समेत वर्षायाममा डुवान हुने गरेको स्थानीयले गुनासो गरेका हुन ।

खोला आसपासका क्षेत्रमा मानववस्ती बढेसंगै खोला साघुरो वन्दै गएको तथा खोलामा विभिन्न किसिमका थुप्रिएका फोहोर तथा जलकुम्भी जारका कारण समेत खोलामा पानी जमेर पानी मानव वस्तीमा वस्ने गरेको स्थानीयले गुनासो गर्ने गरेका छन । केही वर्ष यता देखि बर्षायामको समयमा टेग्रां खोला आसपासका क्षेत्रका वस्तीमा खोलाको पानी पसेर डुवान हुने गरेको भएपनि सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयले आरोप लगाउदै आएका छन ।

वर्षायाम लाग्नु भन्दा अगाडि सम्म खोलाको पानीको निकास खोल्ने काम नगरिदा विगत पन्ध्र वर्ष देखि टेग्रां खोलाको पानी बस्तीमा पस्दै आएको उनीहरुले आरोप लगाएका छन । टेग्रां खोलालाई होम पाइपबाट बग्ने बनाइएका कारण खोलाबाट बग्नु पर्ने जति पानी नबगेर पानीको सतह बढी भएपछि बस्तीमा पस्ने गरेको स्थानीय गोपाल बुढाथोकी वताउछन । टेग्रां खोलाको पानी ट्रान्सपोट लाइन देखि खनार सम्म वस्तीमा पस्ने गरेको समेत उनले गुनासो गरे । खोलामा पानीको सतह बढी भएर पानी वस्तीमा पस्न थालेपछि मात्र उपमहानगरपालिकाले खोला सफाई गर्न स्काभेटर पठाएको स्थानीयले आरोप लगाए । हरेक वर्ष वर्षायाममा टेग्रां खोलाको पानी बस्तीमा पस्ने गरेपनि वर्षा लाग्नु अघि खोलाको पानी निकासको व्यवस्था मिलाउने गरिएको पाइदैन ।

तपाईको प्रतिक्रिया