मुक्ति पौडेल सन्तोष न्यौपाने

झापा । सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा सालको रुख फडानी हुने गरेको खुलासा भएको छ । झापाको मेचीनगर–११ स्थित बाँसबारी सामुदायिक वनको हाताभित्र रहेको सालका रुखको फडानी हुने गरेको हो ।
सामूदायिक वनका अध्यक्ष शम्मु राजबंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिव तीर्थ नेपालको निर्देशनमा वन हाताभित्रका काँचा साखका रुखहरु काटिएका छन् । उनीहरुको निर्देशनमा करिब ५०० किबि काठ तस्करी गर्न लागेको अवस्थामा फेला पारिएको छ । उक्त काठको बजार मूल्य करिब १८ लाख रुपैयाँ रहेका छ ।
रुख कटान गरेको थाहा पाएपछि उपभोक्ताहरुले जिल्ला वन कार्यालय झापामा उजुरी दिएका थिए । उपभोक्ताको उजुरीपछि घटना बाहिर आएको हो । घटनालाई लुकाउन केही दिनदेखि समितिका पदाधिकारी, केही स्थानीय राजनीतिक दलका नगरदेखि जिल्लासम्मका नेता र जिल्ला वन कार्यालयका कर्मचारी आन्तरिक रुपमा लागि परेको स्थानीयको आरोप छ ।
आवश्यक प्रक्रिया पूरा नगरी बनका पदाधिकारीहरुले रुख कटान गरेको स्थानीय उपभोक्ता मिलन प्रसाईले बताए । प्रसाईका अनुसार वनका पदाधिकारीको मिलेमतोमा रुख कटान गरी आमउपभोक्तालाई गुमराहमा राखेर लुट मच्चाउने कार्यको उपभोक्ताले विरोध गरेका छन् । दुई महिनाअघि यही सामूदायिक बनबाट दुई ट्रयाक्टर साखुका काठ चोरी गरी लैजाँदै गर्दा स्थानीय सचेत उपभोक्ताहरुले नियन्त्रणमा लिई सम्बन्धीत निकायलाई बुझाएका थिए ।
आवश्यक प्रक्रिया समेत पुरा नगरी सामुदायिक बनको हाताभित्र रहेका तीन वटा काँचा रुख ढालिएका छन् । करिब सामूदायिक बनको कार्यालय नजिकै रहेको बन क्षेत्रमा अध्यक्ष राजबंशीको निर्देशनमा बन हेरालु रेशम मगर लगायतका कर्मचारीलाई रुख कटान गर्न निर्देशन दिएको स्थानीयको छ । कटान गरिएका टुना अहिले पनि जङगल हाता भित्र नै छ ।
समितिका उपाध्यक्ष रामकुमार डांगी वन हाता भित्र काटिएका रुख काटिएको बिषयमा अनभिज्ञता प्रकट गरे । उनले भने, चोरले काट्यो कि कसले काटो हामीलाई थाहा छैन् । समितिका पदाधिकारीको मिलेमतोमा भएको काठ तस्करीका बिषयमा बोल्न चाहेन्न । उनले भने हामीले सबै मिलाई सकेका छौं, किन पत्रकारहरु आएको ।
सबै कुरा मिलि सक्यो भन्दै वन समितिका अध्यक्ष शम्भु राजबंशी पत्रकार सामू बोल्न चाहेनन् । राजबंशीलाई सम्पर्क गर्दा तत्काल भेट्न नस्कने बताउंदै कुरा मिली सकेकाले मिडियमा समाचार सम्प्रेशण नगर्न समेत आग्रह गरे ।
त्यसै गरि सोहि स्थानमा एक नीजि ब्यक्तिको जग्गामा भएको साखका दुई वटा रुख पनि सामूदायिक बनका पदाधिकारीले कटान गरेका छन् । कागजी प्रक्रिया नपुर्याई बनका पदाधिकारीले नीजि जग्गामा रहेको रुख काटेका हुन् ।
बन समूहको वन क्षेत्रसंग जोडिएको मेचीनगर ११ का लोकनाथ दाहालको जमिनमा रहेको दुई वटा साखका रुख काटिएका हुन् । करिब चार सय कि.बि काठ दाहालको छ । जसको बजार मूल्य करिब १३ लाख पर्छ । प्रक्रिया नमिलाइ रुख कटान गरेकाले सो काठ जिल्ला वनले नियन्त्रणमा लिएको बताइएको छ ।
नीजि जमिनमा रहेको रुख बिना अनुमति कटान गरिएको दाहालले बताए । उनले वन समितिलाई जग्गामा रहेको रुख हटाउन निवेदन दिएका थिए । वन समितिले प्रक्रिया पुर्याएर रुख हटाउन समय लाग्ने बताएको थियो तर दाहाल घरमा नभएको मौका पारी बनका पदाधिकारीले राता रात रुख काटेको दाहालको भनाई छ ।
सामूदायिक बनका अध्यक्ष शम्मु राजबंशी, उपाध्यक्ष रामकुमार डाँगी, कार्यालय सचिब तिर्थ नेपालको निर्देशनमा बन हाता भित्रका काँचा साखका रुखहरु काटिएका हुन् ।
यता यस बिषयमा जिल्ला बनको संमलग्न नभएको जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज दाहालले बताए । उनले भने,नीजि जमिनमा भएको सखुका रुख काट्नलाई सरकारले बन्देज गरेका बताए ।
उनका अनुसार सखुका रुख बिक्री बितरण ओसार पसारमा समेत बन्देज लगाइएको छ । नीजि जमिनमा रहेको रुख जिल्ला वनले नियन्त्रणमा लिएको बताए । सामूदायिक हाता भित्रका रुख कटानका बिषयमा आफूलाई जानकारी भए पनि वन उपभोक्ता समितिका कर्मचारी र जिल्ला बनको संमलग्नता नभएको दाबी गरे ।
वन कार्यालय झापाका अनुसार उक्त सामूदायिक बनको क्षेत्रफल १४७.५ हेक्टर क्षेत्र रहेको छ । उक्त बनमा साखका रुख विरुवा बढि रहेको छ ।

तपाईको प्रतिक्रिया