इनरुवा । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी व्यारेजबाट स्काभेटर बोकेको ट्क कोशी नदिमा खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते बन्न पुगेका छन ।

स्काईभेटर बोकेर पुर्व तर्फ आउदै गरेको ना४ख ३५६ नम्वरको ट्रक कोशी नदीमा खस्दा ट्रकका चालक विनोद बराईली र स्काभेटर चालक धनश्याम चौधरीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको हो ।

कोशी व्यारेजको १९ र २० नम्वर ढोका विच भागबाट दक्षिण तर्फ कोशीमा ट्रक खस्दा घाइते मध्ये गम्भीर तीन जना झापा गौरादह ५का सन्तोष अधिकारी , कटारीका हरि मगर र बराहक्षेत्रका मणिराज विश्वकर्मालाई थप उपचारका लागि विराटनगर पठाइएको सुनसरीका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । त्यसै गरी शुक्रराज लामा , कृष्ण चौधरी , राजकुमार मण्डलर आतिससिंहको इनरुवा अस्पतालमा उपचार भई रहेको समेत प्रहरी नायव उपरिक्षक चिमोरियाले वताए । केही दिन अघि पनि सोही ठाउँमा एक ट्रक दुर्घटना हुदाँ कोशी व्यारेजको बार भत्किएको थियो । सोही ठाउँबाट स्काभेटर बोकेको ट्रक कोशी नदीमा खसेको हो ।

तपाईको प्रतिक्रिया