इटहरी । बिद्यार्थीहरुको नेतृत्व तथा व्यक्ति विकासका लागि सुनसरीको इटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुलले बाल क्लव र स्कुल क्याप्टेनको निर्वाचन गराएको छ ।

विद्यालयले बाल क्लव स्कुल क्याप्टेन र सहक्याप्टेन गरी कुल १३ पदका लागि विद्यार्थीहरुले मतदान गरेका हुन । बाल क्लवको अध्यक्ष ,उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य गरी ९ र छात्र ,छात्रा क्याप्टेन र सहक्याप्टेन ४ जना गरी कुल १३ पदका लागि ३८ जना विद्यार्थीहरु चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत अच्युत बरालले जानकारी दिए । कक्षा ५ देखि १० कक्षा सम्मका २सय ५९ विद्यार्थीहरु मतदाता रहेकोमा २सय ४५ जनाले मत खसालेको निर्वाचन अधिकृत बरालले वताए । निर्वाचनमा प्रतिस्पर्धा गरेका विद्यार्थीहरुको सहमति  वुधवार विहान ८ बजे देखि मत गणना कार्य शुरु गर्ने जनाइएको छ ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको विद्यालयले यस पटक निर्वाचन कार्यक्रम राखिएको विद्यालयका प्रवन्ध निर्देशक निर्मल रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया