भोजपुर । भोजपुर जिल्लामा व्लड वैक नहुँदा समस्या हुने गरेको छ । जसको कारण जिल्ला अस्पतालमा उपचारको लागि आउने विरामी मारमा परेका छन् । हाल आपतकालिन रुपमा आवश्यक पर्ने रगतको समस्या समाधानको लागि सेना प्रहरीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।

भोजपुरमा जिल्ला अस्पताल सहित एक ओटा निजी अस्पताल सञ्चालनमा रहेको भए पनि व्लड वैक नहुँदा उपचारमा समस्या हुने गरेको छ । आकस्मीक दुर्घटना, सुत्केरी महिला तथा विभिन्न समयमा उपचारको लागि रगतको आवश्यक हुँदा विरामीका आफन्तलाई आफैले रगतको व्यवस्था गर्नु पर्दा कतिपयको अकालमा ज्यान समेत जाने गरेको अस्पतालले जनाएको छ । जसको कारण जिल्ला अस्पतालमा शल्यक्रियाबाट प्रशुति गराउन आउने महिलालाई अत्यन्तै समस्या हुने गरेको छ । हाल अस्पतालले यो सेवा सञ्चालनको लागि सेना प्रहरीको भरमा काम गरिरहेको जिल्ला अस्पताल भोजपुरका प्रमुख त्रिभुवन चन्द्र झा जानकारी दिए ।
स्थानियहरुले रगतको कारण धेरै अकालमा ज्यान गुमाउनु परेको वताउदै जिल्लामा आवश्यक उपकरणको व्यवस्था गरि व्लड वैकको स्थापना गर्न माग गरेका छन् ।
जिल्लाबाट आकस्मीक रुपमा विरामीलाई तत्काल अन्यत्र रिफर गर्नु पर्ने हुँदा जहाजको भर पर्नु पर्छ । तर उडान पनि दैनिक नहँुदा कतिपयको अकालमा ज्यान जाने गरेको छ । एउटा व्लड वैक सञ्चालन नहुँदा आकस्मीक रुपमा कुनै दुर्घटनाको वेला धेरै मात्रमा रगत आवश्यक परेमा झनै समस्या हुने देखिन्छ तसर्थ रगतका लागि सेना प्रहरीको भरमा वस्नु भन्दा पनि तत्काल व्लड वैक स्थापना गर्न तर्फ सरोकारवालाको ध्यान जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया