इटहरी । दलित समुदायका समस्या र प्रेम कथामा आधारित नेपाली चलचित्र गोलको छायाँकन सुनसरीको इटहरीका विभिन्न ठाउँमा गरिएको छ ।
ओम साई मनकानाना आरोग्य सेन्टर इटहरी र जुट विकास क्षेत्र लगायतका ठाउँहरुका सो चलचित्रको सुटिगं गरिएको हो । बुद्ध इन्टरनेशनल फिल्म प्रालीको व्यानरमा निर्माण भई रहेको सो चलचित्रको निर्माता अबिरल भटराई सहितको टोली सुटिगंका लागि इटहरी आएको थियो । चलचित्रको ६० प्रतिशत सुटिगं कार्य सम्पन्न भएको जानकारी दिदै निर्माता भट्टराईले चलचित्रको अधिकाँश सुटिगं पुर्वाञ्चलका धनकुटा ,इटहरी ,हिले लगायतका ठाउँमा गरिएको समेत वताइयो । सो चलचित्रमा डाक्टरको भुमिकामा इटहरीका व्यवसायी दिवस पोखरेलले अभिनय गरेका छन । चलचित्रमा सुख्य कलाकारहरुमा किशोर खतिवडा , सविना कार्की ,सुविर पण्डित ,प्रकाश सुब्वा लगायतका कलाकारहरुको अभिनय रहेको जनाइएको छ । सो चलचित्रको छायाँकन दृष्य दर्शन प्रोडक्सन इटहरीका प्रकास सुब्बाले गरिरहेका छन ।

तपाईको प्रतिक्रिया