इटहरी । सेन्चुरी कमर्सियल बैकले सुनसरीको झुम्का बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।रामधुनी नगरपालिका वडा नम्वर १ झुम्का बजारमा एक कार्यक्रमविच नयाँ शाखाको बैकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीले उद्घाटन गरेर सञ्चालनमा ल्याएका हुन । झुम्कामा नयाँ शाखा सञ्चालनमा आएपछि सेन्चुरी कमर्सियल बैकको एक सय वटा शाखा पुगेको सो अवसरमा जानकारी गराइयो ।

झुम्का शाखाको उद्घाटनपछि बोल्दै बैकका अध्यक्ष श्रेष्ठले सेन्चुरी बैकले ५३ अवर लगानी गरि सकेको जानकारी दिए । उनले हाइडो पावर , व्यवसायीक कृषि , अन्य व्यवसायीक क्षेत्रमा लगानी गर्दै आएको वताए । त्यसै उनले ग्रामीण क्षेत्रलाई लक्षित गरी शाखा खोल्ने क्रम सुरु गरेको जानकारी गराउदै सुनसरीको चतरामा समेत शाखा सञ्चालनमा आइसकेको र निकट भविष्यमा मोरंगको रगेंलीमा पनि सञ्चालनमा ल्याउने उने वताए । सो अवसरमा रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरीले विकासक्रममा अघि वढ्दै आइरहेको ग्रामिण परिवेशमा रहेको क्षेत्रलाई छनोट गरेर शाखा कार्यालय सञ्चालनमा ल्याएको भन्दै आभार प्रकट गरे । शाखा विस्तारसंगै विभिन्न क्षेत्रमा लगानी वढाउने सोचका साथ बैकले काम गरिरहेकाले त्यसबाट लाभ लिदै पर्यटन ,कृषि, व्यापारका लागि ऋण लिन आग्रह समेत सो अवसरमा गरियो ।

तपाईको प्रतिक्रिया