इटहरी । अरबी पात्रो अनुसार मनाइने इद उलफित्र यस वर्ष पनि पुर्वी नेपालका मुसलमानहरुले समेत धुमधामका साथ आज मनाउदै छन ।

मुसलमान समुदायले हिजरी संवत अन्र्तगत दशौँ महिनाको पहिलो दिन पहिलो दीन विशेष नमाज पढी आफुभन्दा ठुलासंग आशीवार्द लिएर एक आपसमा खुशियाली साटासाट गरि इद उलफित्र मनाइरहेका हुन । आशीवार्द साटासाट गरि सकेपपछि सेवइ , मासुका विभिन्न परिकारहरु खाने प्रचलन रहेको छ । सो अवसरमा मुसलीम समुदायका मानिसहरुले अन्य धर्म मान्ने जातजातिका मानिसहरुलाई समेत निमन्त्रणा गरी भोजन गराउने कार्य पुर्वी नेपालका मुसलमानहरुले गर्ने गरेका छन ।

अरवी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उलफित्र वनाउने गरिन्छ । दशौं महिनाको पहिलो दिन खुशीपूर्वक गरीबलाई दान गरि मनाइने पर्व लाई इद उल फित्र भनिन्छ । पुर्वी नेपालीका विभिन्न ठाँउमा वसोवास गर्दै आएका मुसलीम समुदायका मानिसहरुले पनि शनिवार धुमधामका साथ इद उलफित्र मनाइ रहेका हुन । आपसी सद्भावका साथ एकै ठाउँमा वसोवास गर्दै आएका छिमेकीहरुलाई समेत वोलाएर प्रत्येक वर्ष मनाउने गरेको इटहरी १४का अजित हुसैनले वताए । लामो समय देखि एक आपसमा मिलेर वसोवास गर्दै आएका आफुहरुले एकले अर्काेलाई आफना चाडपर्वको समयमा वोलाउने परम्परा रहेको अजित हुसैनकोमा इदका अवसरमा भेटीएका छवि सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया