कृष्ण भट्टराई जुनेली

इटहरी । सुनसरी ,सप्तरी र उदयपुर तीन जिल्लाको सप्तकोशी किनाराको कुल १सय ७५ वर्ग किलो मिटर क्षेत्रफललाई समेटेको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको संरक्षण्का लागि स्थापित गरिएको भएपनि आवश्यक संरक्षणको अभावमा संकटमा पर्न थालेको छ ।
अर्ना संरक्षणको लागि वि.स. २०३२ सालमा स्थापित भएपनि आरक्षको संरक्षणमा स्थानीयवासी तथा सरकारी निकाय दुवै पक्षको उदासीनता वढ्न थालेपछि आरक्षको अस्थीत्व संकटमा पर्न थालेको हो। विश्वमै दुलर्भ वन्दै आएको बाबुलिस जातको अर्ना संरक्षणका लागि स्थापित आरक्ष प्रशासन तथा स्थानियहरुको ध्यान संरक्षणका लागि प्रयाप्त पुग्न नसक्दा अर्ना संरक्षण कार्य चुनौति पुर्ण वन्दै आएको छ ।
नेपालमा वि.स. २०२०साल अगाडी सम्म चितवनमा पनि बाबुलिस जातको अर्ना पाइन्थ्यो भने २०२०सालमा आएर वासस्थान विनास र अर्नासगै मिसिएर चर्ने घरपालुवा भैसीवाट खोरेत रोग सरेर मरेपछि चितवनका अर्नाहरु सदाका लागि लोप हुन पुगे । चितवनवाट अर्नाको वशं विनास भएपछि कोशी किनार क्षेत्रमा रहेका अर्नाहरुको संरक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना गरिएको हो । जैविकविधताको संगम स्थलको रुपमा रहेको कोशीटप्पुमा स्तनधारी वन्यजन्तु , चरा, रेप्टाइल , उभयचर ,माछा , पुतली , किरा र फुलफुल्ने वनस्पती तथा फुलनफुल्ने प्रजातीका वनस्पती समेत पाइन्छन् तर पनि आरक्षको संरक्षणका लागि प्रयाप्त जनचेतना अभिवृद्धि गर्न नसकिएका कारण आरक्ष संकटमा पर्दै आएको छ। कोशी टप्पुलाई चराको राजधानी भनेर चिनिने गरिन्छ । तर केही वर्ष यता देखि कोशी टप्पुमा आउने आगन्तुक चराहरुको संख्या समेत घट्न थालेको छ । जयवायु परिवर्तनका कारण ताक्रम बढ्न थालेपछि चिसो छल्न आउने चराहरुका लागी उतै उपयुक्त वन्न थालेका कारण पनि चराको संखया घटेको अनुमान आरक्ष प्रशासनले समेत गर्न थालेको छ । पछिल्लो गणना अनुसार अर्नाको संख्या ४४१ पुगेको आरक्षले सार्वजनिक गरेको छ ।

आरक्षमा अझै खुल्ला चरिचरण

आरक्षमा अझै पनि दस हजार बढी घरपालुवा भैषी र गाइगोरुहरु रहेको आरक्ष प्रशासन ,संरक्षणका क्षेत्रमा काम गर्ने तथा सञ्चारकर्मीहरुको दावी रहेको छ । कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमा घरपालुवा जनावरहरुको अतिक्रम स्थापनाकाल देखि नै रहदै आएको छ । अहिले पनि कोशी टप्पु आसपासको क्षेत्रमा भैषी गोठ राखेर अर्नासंग भैषीलाई बणशंकर गराएर पाडापाडीहरु निकालेर बेच्ने गिरोह सक्रिय रहदै आएको छ । आरक्ष क्षेत्रमा लामो समय देखि छोडीएका भैषी तथा तिनीहरुबाट जन्मीएका सन्तानहरु समेत धेरै रहेको जंगली स्वभावका भई सकेका कारण समेत आरक्षबाट भैषीहरु हटाउन समस्या हुदै आएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साह वताउछन । आरक्ष क्षेत्रमा रहेका अर्नासंग क्रस गराइएका भैषीहरु भ्mट्ट हेर्दा अर्ना जस्तै ठुलाठुला सिंघ भएका देखिन्छन । आरक्षमा अर्नाहरु भन्दा अर्नासंग क्रस भएका यस्तै झर्नाहरु (अर्नाबाट पुस्तान्तराण् भएकोहरु ) धेरै रहेका छन । आरक्षमा अर्ना हेर्न आउने पर्यटकहरु समेत अर्नाको सट्टा झर्ना हेरेर फर्कनु पर्ने अवस्था रहदै आएको छ । आरक्षमा रहेका यस्ता भैषीहरुलाई घण्टी झुण्ड्याइएको तथा छाप लगाएको देखिन्छ ।

सन् १९८७मा नेपालको पहिलो रामसार सूचिमा सूचिकृत पूर्वी तराइको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित वनाउने कार्य प्रभावकारी रुपमा हुन नसक्दा पर्यटकहरुको संख्या समेत घटन थालेको छ ।

कोशी टप्पुलाई किन समस्याका रुपमा हेर्छन स्थानीयहरु

कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर आएर स्थानीयलाई क्षति पुर्याउने कार्य संरक्षित जनावरले गर्दा सहज रुपमा क्षतिपुर्ति नपाउने ,क्षति भए अनुसारको क्षतिपुर्ति नपाउने कारणले समेत आरक्ष प्रति स्थानियको हेर्न दृष्टिकोण अझै पनि वक्रदृष्टिकोण नै रहदै आएको छ । स्थानिय तह तथा आरक्ष प्रसाशनबाट तत्काल राहत नपाई वन्यजन्तु कोष मार्फत आउदा झन्जटीलो हुने गरको स्थानियको आरोप रहेको छ । त्यसै गरी आरक्ष बाहिर वस्तीमा जगंली जनावर सहज रुपमा आउन नसक्ने वनाउने कार्य प्रभावकारी हुन नसकेको कारण पनि स्थानियहरु ऋारक्ष प्रति आक्रोशित वन्दै आइरहेका छन ।

सारांस

कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्दै राष्ट्यि निकुञ्जको रुपमा विस्तार गरी आरक्षमा रहेका अर्नाका अलावा विभिन्नन प्रजातिका जलचर , चरा, पुतली ,माछा ,उभयचर र बनस्पतीहरु संरक्षण गर्न सके । विश्वमै दुलर्भ वन्दै आएको बाबुलिस जातको अर्ना संरक्षण हुनुका साथै पुर्वी नेपालको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पुन स्थापित गर्न सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया