इटहरी । स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने उद्धेश्यका साथ जेष्ठ २१ गतेबाट शरु भएको पृतनापति ट्रफि खेलकुद प्रतियोगिताको उपाधि २८ अंक सहित दुई नम्बर वाहिनि र १८ नम्बर वाहिनिले हात पारेका छन् ।

शारिरिक तथा भौतिक बिकास गर्दै खेलकुदको बिकास गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको ट्रफिमा बिभिन्न स्थानमा कवाडी,तेक्वान्दो,एथलेटिक्स,भलिवल, फुटवल तथा बक्सिंग जस्ता खेल सञ्चालन भएको थियो । नेपाली सेनाले सुरक्षामा मात्रै नभएर खेलकुदको क्षेत्रमा पनि आफ्नो दवदवा बनाई राखेको नेपाली सेनाले जनाएको छ । दश दिन सम्म सञ्चालन भएको खेलमा बिभिन्न तौल समुह अनुसार खेल भएको थियो । तेक्वान्दो ५४,५८,६३,६७, ७४ र ८० केजि भन्दा बडि तौल भएका व्यत्तीहरुको समुहमा खेल भएको थियो ।

बक्सिंगमा ५२ केजि अन्र्तगत प्रकाश क्षेष्ठ,५६ केजि अन्र्तगत प्रेम बहादुर राक्ष्य त्यसैगरि ५६ केजी महिला तर्फ सुस्मिता निरौलाले उपाधि जित्न सफल भएकी थिईन । तेक्वान्दो तर्फ ५४,५८,६३,६७ अन्र्तगत क्रमश कुमार मगर,कमला वडा,मिठाराम लगायतले उपाधि जितेका थिए । खेलकुदको मार्फत शारिरिक तथा मानसिक रुपमा बिकास गर्दै सधै चुस्तदुरुस्त बनाई राख्ने पुर्विपृतनाले जनाएको छ । बक्सिंगको मुख्य जुरि अनुप लामाले भुमिका निर्वाह गरेका थिए । त्यैसगरी बिभिन्न खेलका प्रथम,दोश्रो तथा तेश्रो हुन खेलाडीेलाई मेडल, प्रमाण पत्र बितरण गरिको थियो । सबै खेलको प्रथम हुने बाहिनिलाई ट्रफि सहित प्रमाणपत्र पृतनापति समिर शाहिले बितरण गरेका थिए । खेलको समापनमा भने पृतना मुख्यालय भित्र बक्सिंग खेलसंगै सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया